बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असोज २ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दोलखा शैलुङ गाँउपालिका–७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षीय अशोक भन्ने अनिश भुजेललाई प्रहरीले ०७८ असोज १ गते ललितपुर उपमहानगरपालिका–९ मुलढोकाबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई ०७९ भदौ ३० गते राती आफू कार्यरत भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित मःम एण्ड पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजू पाण्डेले जानकारी दिनु भयो ।

पीडित बालिका सहित परिवारले आरोपित भुजेलविरुद्ध भदौ ३१ गते प्रहरी परिसर भक्तपुरमा उजुरी दिएको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।

पीडित बालिकाको भक्तपुर अस्पतामा भदौ ३१ गते नै स्वास्थ्य परीक्षण गरिएको र  भुलेजलाई असोज २ गते भक्तपुर जिल्ला अदालत पेश गरी जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनु भयो ।


रमेश गिरी