बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ भदौ ८ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित सान्नित्रिवेणी गाउँपालिका–१ का १८ वर्षीय विनोद तिरुवालाई प्रहरीले भदौ ४ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपित तिरुवा विरुद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएपछि आरोपित गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, काालिकोटका डीएसपी जयश्वर रिमालले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भएको छ ।
पीडित बालिकालाई आरोपित तिरूवाले भदौ २ गते दिउँसो बलात्कारको प्रयास गर्नुका साथै मुखमा बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडितका अनुसार दिउँसो लेखतिर जान लागेको समय आरोपितले काक्रा खान भन्दै आफ्नो वारीमा बोलाएर घटना गराएको पीडित पक्षले आरोप लगाएका छन ।
पीडितको स्वास्थ्य परीक्षण भदौ ४ गते जिल्ला अस्पताल, कालिकोटमा भएको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डा. रत्नविर सुनारले बताउनु भएको छ ।


कालीबहादुर मल्ल