बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–७ बेलुवाका १८ वर्षीय हरीप्रसाद चौधरीलाई भदौ ६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित परिवारले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी भदौ ७ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, टिकापुरका सई पदम खडकाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ६ गते टिकापुर अस्पतालमा गरिएको छ ।

यसैगरी सात र नौ  वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लम्कीचुहा नगरपालिका–८ बचैलाका ६२ वर्षीय गणेशसिंह ठकुरीलाईे भदौ ५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै पीडित परिवारले आरोपित विरुद्ध इलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी  भदौ ६ गते  जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, लम्कीका इन्स्पेक्टर शंकर खडकाले बताउनु भयो ।

पीडित बालिकाहरुको स्वास्थ्य परीक्षण भदौ ५ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।


मैनामोती चौधरी