बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई नरैनापुर गापा-५ मा सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भगवानपुर अन्तर्गत खटिएका म्यादी प्रहरी टेकबहादुर बिकलाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ । घटनामा संलग्न रहेको भनिएका अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।
पुस ३ गते साँझ बलात्कार भएको भन्दै प्रहरीमा खबर गर्दा मिलाउन खोजेको स्थानीबासीहरूले आरोप लगाएका थिए । स्थनानीयले आरोपित बिकलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीय ससीराम बुढाथोकीले बताए । विवादपछि इलाका प्रहरी कार्यालयले पुस ४ गते उजुरी दर्ता गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी टेकबहादुर तामाङगले पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि सेल्टरमा राखिएको र आरोपित उपर मुलुकी ऐन 'जबरजस्ती करणी उद्योग' अन्तर्गत मुद्दा दर्ता गरिएको बताए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…