बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ भदौ ६ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको रिम्बिक स्थायी घर भइ याङवरक गाउँपालिका–४ स्थित सनसाइन बोर्डिङ स्कुलमा कार्यरत शिक्षक २५ वर्षीय सरजित ठटाललाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि याङवरक गाउँपालिका–४ थर्पुबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका हवल्दार युवराज दाहालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ४ गते गरिएको छ ।


सहमान विश्वकर्मा