बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २८ गते

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ का १४ वर्षीय बालकलाई साउन २४ गते घरबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका छन् ।
घरमा कोही नभएको समयमा खेल्न जाउ भनेर तिनाउ खोलाको झाडीमा लगेर बलत्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी बाल निगरानी कक्षमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्प्र्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


रीमा बिसी