बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २६ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २३ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय वेलवारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कानेपोखरीमा उजुरी दिएको इन्स्पेक्टर खगेन्द्र धमलाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा साउन २४ गते गरिएको छ ।


विनोद सुवेदी