बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २६ गते

२३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गुठीचौर गाउँपालिका–३ गज्याङ्कोटका २७ वर्षीय कालीबहादुर नेपालीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रहरीले आरोपित नेपालीलाई चन्दननाथ नगरपालिका–७ मिचागाउँबाट साउन २५ गते गिरफ्तार गरेको हो ।

आरोपित नेपालीले युवतीलाई बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय, जुम्लामा साउन २४ गते उजुरी दिएको डीएसपी नरेन्द्र चन्दले बताउनु भयो । उहाँले भन्नुभयो साउन २३ गते राति आरोपितले बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ ।

पीडित युवतीको साउन २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।


मानदत्त रावल