बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २६ गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई साउन २४  गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि मादी नगरपालिका–६ पुलुङबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा साउन २४  गते गरिएको छ ।


भविन कार्की