बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी टोलीले सबैला नगरपालिका–९ कुसमाहा बस्ने ५५ वर्षीय रामनारायण साह र ३५ वर्षीय नुर मोहम्मदलाई साउन २४ गते गिरफ्तार गरेको छ । आरोपितहरू मध्ये तीन जना ‘फरार’ रहेको प्रहरीले जनाएको छ ।
साउन २२ गते राति आरोपित पाँच जना मिलेर सामूहिक बलात्कार गरेको भन्दै पीडित महिलाले इलाका प्रहरी कार्यालय सबैलामा साउन २३ गते उजुरी दिएकी छिन् ।
पीडित महिलाको साउन २३ गते प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको छ ।
पीडितको महिलाको टाउको, मुख र गर्धन लगायतको ठाउँमा चोटपटक लागेकोले प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
फरार तीन जना आरोपितहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका इन्स्पेक्टर राजकुमार सिंह ठकुरीले बताउनु भयो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…