बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनामा फरार आरोपित बुढीगङ्गा गाउँपालिका-४ मोरङका ३३ वर्षीय सञ्जय माझीलाई प्रहरीले मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०६३ पुस १५ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङमा फरार आरोपितको सूचीमा रहेका माझीलाई मङ्सिर २८ गते जिल्ला अदालतमा पेश गरिने र कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार विसीले बताए ।


इन्दिरा भट्टराई