बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–१० का ३८ वर्षीय राजकुमार विकलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

आरोपित बिकले बालिकालाई असार २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन १५ गते उजुरी दिएका छन् ।

गाउँमै घटना मिलाउने दबाब दिएकाले उजुरी दिन ढिला भएको पीडित बालिकाकी आमाले बताइन् । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन १५ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताउनु भयो ।


दुर्गा परियार