बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन १५ गते

वर्दिवास नगरपालिकामा आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २४ वर्षीय काकालाई साउन १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले इलाका प्रहरी कार्यालय वबर्दिवासमा साउन ११ गते उजुरी दिएको छ ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रबि रावलले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ११ गते बर्दिवास अस्पतालमा गरिएको छ ।


अजयकुमार साह