बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन १३ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले ११ वर्षीय बालकलाई साउन ११ गते गिरफ्तार गरेको छ ।

आरोपित बालकले बालिकालाई साउन ११ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा सोही दिन उजुरी दिएको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ११ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी शुभाष बुढाथोकीले बताउनु भयो ।


दुर्गा परियार