बलात्कार घटनाका आरोपित गिरफ्तार

  २०७९ साउन १२ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर नपा–१२ का २४ वर्षीय भवि भनिने भगवान वलेली मगरलाई प्रहरीले ०७९ साउन ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ०७९ जेठ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा साउन १० गते जाहेरी दिएको डीएसपी सुरज कार्कीले बताउनु भयो ।

घटनाका सम्बन्धमा कसैलाई बताए मार्ने धम्की दिएकाले बालिकाले ढिलो गरी आमालाई घटनाका विषयमा बताएको पीडितका आफन्तले जानकारी दिनु भएको छ ।

बालिका टोलाउने र विद्यालय जान नमान्नेपछि घरपरिवारले सोधपुछ गर्दा बालिकाले घटनाका विषयमा आमासँग बताएको कानुन व्यवसायी अधिवक्ता गिता कोइरालाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रदेश अस्पताल सुर्खेतमा साउन ११ गते भएको छ ।


इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत