बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बाबुलाई मङ्सिर २४ गते साँझ गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरेको र कसैलाई भने आमाछोरी दुवैलाई मारिदिने धम्की दिँदै बलात्कार गर्दै आएको र मङ्सिर २३ गते पीडितकी आमा मजदुरी गर्न गएका बेला छोरीलाई बलात्कार गर्दै गर्दा छिमेकीले देखेपछि घटना बाहिर आएको हो ।
सो घटनापछि पीडित बालिकाकी आमाले मङ्सिर २४ गते नै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाले दिएको उजुरीका आधारमा प्रहरीले मङ्सिर २४ गते नै बलात्कारसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मङ्सिर २४ गते नै गरिएको प्रहरीले जनायो ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…