बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन ११ गते

११ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा पीडित माङ्सेबुङ गाँउपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिमलाई साउन १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ जेठ १७ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका हवल्दार कमल चौधरीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ९ गते गरिएको छ ।


बविता मैनाली