बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–७ का १९ वर्षीय एमन सिवालाई साउन ४ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ३२ गते बलात्कार गरेको भनी पीडितका आफन्तले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ४ गते जिल्ला अस्पताल पाँचथरमा गरिएको छ ।


सहमान विश्वकर्मा