बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ साउन २ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका६ का २६ वर्षीय मानबहादुर रिजालीलाई असार ३२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार ३२ गते घरको पछाडी लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएका थिए ।

घटनाको खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरी टोलीले  घटना स्थलबाटै गिरफ्तार गरेको हो ।

इलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर मोहनजंग बुढ थापाले घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ३२ गते बर्दिया अस्पतालमा गरिएको छ ।


मानबहादुर चौधरी