बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोशी गाउँपालिका–७ चिसापानीका ३२ वर्षीय विकाश तामाङलाई प्रहरीले ०७९ असार २८ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०७९ असार २७ गते राती आरोपितको घरैमा बलात्कार गरेको भन्दै पीडितका आफन्तले आरोपिविरुद्ध असार २९ गते प्रहरी चौकी रोशी कटुञ्जेमा उजुरी दिएका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण असार २९ गते धुलिखेल अस्पतालमा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी हरि खतिवडाले आरोपित तामाङलाई असार ३० गते जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशमा पाँच दिनको म्याद थप गरी हिरासतमा राखि प्रहरीले अनुसन्धान थालेको छ ।


हिरामान तामङ