बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-२ तेनुहवाका २२ वर्षीय शैलेश यादवलाई मङ्सिर १३ गते सिनपा-९ बाट गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १२ गते बलात्कार गरेको भनी पीडितले मङ्सिर १३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी २९ वर्षीया महिलालाई यौनदुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिर्द्धार्थनगर नगरपालिका-८  का ३२ वर्षीय राजु भन्ने सुरज क्षेत्रीलाई मङ्सिर १३ गते दिउँसो गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १२ गते यौन दुर्व्यवहार गरेको भनी पीडित महिलाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएपछिउजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीको भनाई छ । पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते भिम अस्पताल भैरहवामा गरिएको जनाइएको छ ।


रीमा बि.सी.