बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार २१ गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौँ माहानगरपालिका १४ कलङ्कीका २६ वर्षीय सुलभ क्षेत्री र सो घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय प्रिन्स थपलिया र १९ वर्षीय रुस कार्कीलाई प्रहरीले ०७९ असार २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई चौतारा सागाचोकगढी नगरपालिका ९ सुकुटे स्थित सुकुटे बिच एड्भेन्चर क्याम्प रिसोर्टको टेण्टमा ०७९ असार १८ गते दिउँसो आराम गरी बसेको अवस्थामा सुलभ क्षेत्रीले बलात्कार गरेको र अन्य दुई जना मतियारको रुपमा रहेको पीडितको आरोप छ ।

पीडितले आरोपितहरू विरुद्ध बलात्कारको आरोपमा ०७९ असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १९ गते चौतारा अस्पतालमा गरियो ।

आरोपितहरू एकै टोलीमा र पीडित अर्कै टोलीमा सुकुटे घुम्न आएका बेला पीडित रिसोर्टको टेण्टमा आराम गरी बसेको अवस्थामा आरोपितहरू मध्ये सुलभ क्षेत्रीले टेण्ट भित्र पसि बलात्कार गरेको र अन्य दुई जनाले टेण्ट बाहिर बसी मतियारको कार्य गरेको प्रारभिक अनुसन्धानबाट खुलेको डिएसपी बस्नेतले बताउनु भयो ।

आरोपितहरू तीनै जनालाई असार २० गते अदालत पेश गरी सात दिनको म्याद थप गरी हिरासतमा राखि प्रहरीले अनुसन्धान शुरु गरेको डिएसपी बस्नेतले बताउनु भयो ।


नातिबावु धिताल