बलात्कार  घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १६ गते

१३  वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिका–१० घर भई हाल कीर्तिपुर नगरपालिका  कीर्तिपुर नगरपालिका–५ पागांलाछी  बस्दै आएका  २० वर्षीय साजन प्रजालाई प्रहरीले असार  १५ गते राती गिरफ्तार गरेको छ  ।

पीडित बालिकालाई असार १४  गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएका थिए  ।

पीडित पक्षको उजुरी आधारमा अनुसन्धानका लागि आरोपितलाई असार १५ गते डेरा कोठाबाट बाटै गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा  असार १४  गते गरिएको छ ।


विमल पौडेल