बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका —६ का २० वर्षीय राजकुमार रम्तेललाई असार १३ गते गिरफ्तार गरेको छ ।

अर्का आरोपित कटारी नगरपालिका—६ का २२ वर्षीय देवराज खत्री फरार भएकाले खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई असार १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष आचार्यले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १० गते गरिएको छ ।


सुजता ढुङ्गाना