बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १५ गते

२८ वर्षीया महिलालाईे बलात्कार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका– १ का अध्यक्ष ३५ वर्षीय सरदसिंह नेगी र सोही ठाउँका ४० वर्षीय केशबसिंह नेगीलाई असार १४ गते गिरफ्तार गरेको छ ।

०७८ चैत १५ गते पीडित महिलालाई बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।

आरोपित मध्येका ३५ वर्षीय सरदसिंह नेगी मेलौली नगरपालिका वडा नम्बर १ का अध्यक्ष समेत रहनु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते जिल्ला अस्पताल, बैतडीमा गरिएको छ ।


नरी बडु