बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई असार १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय कल्याणपुरमा असार १२ गते उजुरी दिएको छ ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले असार १२ गते उजुरी दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असार १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।


मनोहरकुमार पोखरेल