बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हनुमाननगर कङ्कालिनी नपा-३ का २५ वर्षीय मो. जहुरलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा कात्तिक २९ गते उजुरी दिएकी थिइन् ।

पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक २७ गते भएको थियो ।


मनोहरकुमार पोखरेल