बलात्कार घटनाका आरोपित गिरफ्तार
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिरहुत गाउँपालिका–५ लोहजराका ३० वर्षीय शम्भु मण्डललाई असार १२ गते गिरफ्तार गरेको छ ।
घटनापछि 'फरार' रहेका आरोपित घर आएको सूचनाका आधारमा खोज प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
पाँच महिनापछि घर फर्केका आरोपितले पीडितलाई पुनः बलात्कार प्रयास गरेको स्थानीयवासीले बताए ।
सप्तरी जिल्ला अदालतले आरोपितविरुद्ध ०७८ माघ २६ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
पीडित महिलालाई आरोपितले ०७८ पुस १७ गते बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा माघ २१ गते उजुरी दिएकी थिइन् ।
पीडितको स्वास्थ्य परीक्षण माघ २१ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरेर इलाका प्रहरी कार्यालय कञ्चनरुपले माघ २२ गते उजुरी दर्ता गरेको थियो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…