बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १२ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका २६ वर्षीय नारायण लिम्बु र फक्ताङलुङ गाउँपालिका–३ की ३६ वर्षीया एक महिलालाई असार ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपिद्वयलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सई कैलाश राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपित महिलाले बालिकालाई बलात्कारका लागि कोठा उपलब्ध गराएको सई राईले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १२ गते गरिएको छ ।


देवराज गुरुङ