बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार ११ गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरी टोलका १९ वर्षीय अजय पाख्रिनलाई असार ८ गते सोही वडाको चकरीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई सोही वडाको चकरी गाउँमा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेश थापाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल कलैयामा असार ८ गते गरिएको छ ।


भोलानाथ पौडेल