बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार ५ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–२ वनरीयाका २२ वर्षीय हरीशंकर चौधरीलाई असार २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले दाइको साथी भनेर चिनजान बालिकालाई घुम्न जाउँ भनेर जेठ २७ गते लगेर गएपछि घरमा बन्दक बनाई बलात्कार गरेकोले आरोपित विरुद्ध असार २ गते उजुरी दर्ता गरेको पीडितकी आमाले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई घरबाट गिरफ्तार गरी असार ३ गते जिल्ला अदलतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधीसंँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको पीडित बालिकाकी आमाले बताउनु भयो ।


मैनामोती चौधरी