बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरूपले असार २ गते तिलाठी कोइलाडी गाउँपालिका–८ सडेपारका २२ वर्षीय ट्रक चालक रङ्गिला भनिने लडुलाल मण्डललाई गिरफ्तार गरेको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी व्यारेजमा ट्रकबाट बालिकालाई उतारेर यही वैशाख ४ गते आरोपितले बलात्कार गरेको पीडितकी हजुरआमाको आरोप छ ।
ट्रक चढाएर सुनसान ठाउँमा रोकी पीडित बालिकालाई डरधाक धम्की दिई आरोपितले तीन दिनसम्म सँगै राखेर पटक–पटक बलात्कार गरेको र वैशाख ७ गते साँझ खाँडो नदी पुलमा अलपत्र छाडी ‘फरार’ भएको पीडितले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा वैशाख ८ गते उजुरी दिएपछि पीडित बालिकाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको पीडितकी हजुरआमाले बताइन् ।
जिल्ला प्रहरीले दुवै पक्षलाई राखी छलफल गराएको र धेरैपछि कारवाहीका लागि कञ्चनरूप प्रहरी कार्यालयमा पठाएको पीडितका परिवारको भनाइ छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी आएपछि जेठ १५ गते उजुरी दर्ता गरेर खोजी गर्दा आरोपित समेत गिरफ्तार भएको डिएसपी रामकुमार यादवले बताउनु भयो ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…