बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ असार १ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ का ३९ वर्षीय बिष्णुबहादुर बिकलाई रिब्दीकोट गाउँपालिका– ६ तल्लोताल गाउँबाट जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २३ गते रिब्दीकोट गाउँपालिका–२ सानोदमाकमा बलात्कार गरेको भन्दै पिीडितकी आमाले जेठ २४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनु भएको थियो ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी  थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका  डिएसपी बिरेन्द थापाले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण जेठ २४ गते पाल्पा अस्पतालमा गरिएको छ ।


यज्ञमूर्ति तिमिल्सिना