बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत बिहारको मधुवनी राज्य धर्मपुर-५ का ४५ वर्षीय भरतलाल भनिने बरतलाल पोद्दारलाई कात्तिक २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले गुहार मागेपछि जम्मा भएका गाउँलेहरूले आरोपितलाई नियन्त्रणमा लिई कुटपिट गर्दै प्रहरीको जिम्मा लगाएका थिए । गाउँलेको कुटपिटबाट घाइते भएका आरोपितको उपचार सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भएको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २२ गते राति डर, त्रास देखाएर बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा कात्तिक २२ गते नै उजुरी दिएकी थिइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा कात्तिक २३ गते गरिएको प्रहरीले जनाएको छ ।


मनोहरकुमार पोखरेल