बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ ३० गते

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–२ का ३९ वर्षीय कुमार दर्जीलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले ०७९ जेठ २० गते  बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपित कुमारलाई चैनपुर नगरपालिका–६ चैनपुर बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २९  गते गरिएको छ ।


भविन कार्की