बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ ३० गते

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ७४ वर्षीय आफन्तलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ २६ गते बलात्कार गरेको भन्दै  पीडित पक्षले सोही दिन  इलाका प्रहरी कार्यालय ढोढरीमा उजुरी दिएको इन्स्पेक्टर मोहनजङ्ग बुढथापाले बताउनु भयो ।

घटनाको जनाकारी पाए लगत्तै घटना स्थल पुगेको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान अगाडि बढाएको थापाले बताउनु भयो ।

खेतमा काम गरी रहेको अवस्थामा आरोपितले बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते बर्दिया अस्पतालमा गरिएको छ ।


मानबहादुर चौधरी