बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ २७ गते

३७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा सिंजा गाउँपालिका–२ विष्टवाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मालाई प्रहरीले जेठ २४ गिरप्mतार गरेको छ । प्रहरीले आरोपितकै घरबाट गिरफ्तार गरेको हो ।

पीडित महिलालाई आरोपित शर्माले ०७८ साउन २२ गते जुम्लादेखि नेपालगंज हुँदै काठमाडौँ उपचार गर्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षले उजुरीमा उल्लेख गर्नु भएको छ । बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७८ साउन २७ गते प्रहरी बृत्त बालाजु काठमाडौमा उजुरी दिएका थिए ।

बलात्कार घटनाका आरोपित शर्मा फरार रहेका थिए । काठमाडौँ जिल्ला अदालतबाट वैशाख ५ गते २५ दिने पक्राउ पूर्जी जारी गरेको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनु भयो । उहाँले भन्नु भयो फरार रहेका आरोपितलाई अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय र नराकोट प्रहरी चौकीको टोलीले खोजतलास गर्दा गिरफ्तार गरेका हुन् ।

गिरफतार गरेको दिन जेठ २४ गते हवाईजहाजमार्फत जुम्लादेखि नेपालगज्ज हुँदै काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ ।


मानदत्त रावल