बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ २६ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय बुबालाई प्रहरीले जेठ २३ गते गिराफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर जगदीश रेग्मीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक जेठ २२ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २३ गते गरिएको छ ।


दलबहादुर मजाकोटी