बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ २६ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा आठबीस नपा–६ सिंगासैनका २० वर्षीय धीरेन्द्र रिजाललाई प्रहरीले जेठ २६ गते गिरफ्तार गरेको छ ।

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसी जङ्गलमा जेठ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर सुजीतकुमार ओझाले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते दैलेख जिल्ला अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर सुजीतकुमार ओझाको भनाई छ ।


अमर सुनार