बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ २० गते

२४ वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठाकुरबाबा नगरपालिका१ का २४ वर्षीय  शेरे बिकलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  इन्स्पेक्टर हृदेश सापकोटाले बताउनु भयो ।

घटना पछि फरार रहेको आरोपितलाई इलाका प्रहरी कार्यालय बग्नाहा भुरिगाउँबाट  खटिएको टोलीले इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलाली सहयोगमा जेठ १९ गते कैलाली जिल्लाको बडी बर्दगोरिया गाउँपालिका ३ खैरिनीबाट गिराफ्तार गरेको प्रहरीले जनायो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।


मानबहादुर चौधरी