बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ १९ गते

१७ वर्षीया बालिकालाई शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका –३ र ४ का ६ जनालाई जेठ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूल जेठ १७ गते राती बाणगंगा नगरपालिका– १० बाट अपहरण गरी रुपन्देहीको कञ्चन गाउँपालिका– ३ हरैयामा लगेर बन्धक बनाइ  समूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले जेठ १८ गते इलाका प्रहरी कार्यालय पिपरामा उजुरी दिनु भएको छ ।

पीडित पक्षको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहको नेतृत्वमा खटिएको प्रहरी टोलीले रुपन्देही  जिल्ला कञ्चन गाउँपालिका–४ का १९ वर्षीय निरज कार्की , १९ वर्षीय राहुल सिंजाली, १९ वर्षीय सुलभ केसी , वडा नं. ३ का १९ वर्षीय लक्ष्मण रसाईली , १९ वर्षीय अमित कडेल र गौरव थापालाई रुपन्देही र कपिलवस्तुबाट जेठ १८ गते गिरफ्तार गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पीडित जेठ १७ गते राती ११ बजे सांस्कृतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा आरोपितहरूले पीडितलाई अपहरण शैलीमा लिएर गएको पीडितकी आमाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ १८ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।


पार्वती आचार्य