बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ १७ गते

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय नातेदारलाई जेठ १५ गते बुटवलबाट  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी  आमाले जेठ १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

बालिकासँगै टेलिभिजन हेरी रहेका आफन्तले बलात्कार गरेको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

 


रीमा बिसी