बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो ।
बालिकालाई आरोपितले खाजा खुवाउने र साइकलमा घुमाउछु भन्दै तिनाउ खोलामा लगेर बलात्कार गरेरको र कसैलाई नभन्न धम्की दिएको पीडितले बताउनु भयो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…