बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ १० गते

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका ३२ वर्षीय जिवन भन्ने जुठे बिकलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जेठ २ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान थालिएको डिएसपी खड्काले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २ गते दमौली अस्पतालमा गरिएको छ ।


प्रकाशचन्द्र भट्टराई