बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ २ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–१० खनालवस्तीका ३४ वर्षीय विपुल राजवंशीलाई जेठ २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २ गते इलाका प्रहरी कार्यालय धुलावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ २ गते गरिएको छ ।


नरेश खाती