बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ ५ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले अर्नमा गाउँपालिका-१ का ३३ वर्षीय रामपुजन कामतीलाई जेठ ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपित कामती र सोही ठाउँका २० वर्षीय वीरेन्द्र उरावले जेठ ३ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा जेठ ४ गते पीडित पक्षले उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा जेठ ४ गते गरिएको छ ।

घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको र अर्का आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष  बुढाथोकीले बताउनु भयो ।


दुर्गा परियार