बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख २१ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–५ बस्ने ६८ वर्षीय रामप्रसाद बरहीलाई सप्तरी प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाकी आमाले दिएको उजुरी दर्ता गरी आरोपितलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । सप्तकोशी नगरपालिका–५ स्थित गंगाजली खोला छेउ धारमा २०७९ वैशाख १८ गते दिउँसो दाउरा खोज्न गएका बेला आरोपितले बलात्कार गरेको पीडित बालिकाले बताउनु भयो ।

सुरुमा बालिकाले जुकाले टोकेर रगत आएको बताउनु भएको थियो । फत्तेपुरस्थित पोलिक्लिनिकमा उपचार गर्न बालिकालाई लैजाँदा नर्सले बलात्कारको आशङ्का गरी प्रहरीलाई खबर गरे पछि घटना सार्वजनिक भएको हो । पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख १९ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल