बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका–२ खाम्लालुङका ३४ वर्षीय सूर्यबहादुर लिम्बुलाई वैशाख १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्व सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालका इन्स्पेक्टर छे फिन्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १५ गते गरिएको छ ।


सुरेश खत्री