बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख १० गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याग्दी जिल्ला बेनी नगरपालिका–४ घर भइ हाल जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २२ वर्षीय सन्देश छिनाललाई वैशाख ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले वैशाख ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा सोही दिन मौखिक उजुरी र वैशाख ९ गते लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर प्रकाश रावतले इन्सेक प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ९ गते जिल्ला अस्पताल पर्वतमा गरिएको छ ।


सन्तोष थापा