बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७९ वैशाख ३ गते

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ मङ्गलवारेका ३० वर्षीय दिलबहादुर खातीलाई वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७८ चैत १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद् चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सइ कमल चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत ३० गते गरिएको छ ।


बविता मैनाली